सोचे भन्दा खतरनाक हुन सक्छ दलित आन्दोलनको आँधीबेहरी

10 minute read

Published:

-Balaram Bhattarai

Picture

पृष्ठभुमी

जनकपुरमा जन्मिएकी राजकुमारी सीता को बिबाह अयोध्याका युवराज रामचन्द्र संग भएको र पिताको आज्ञा अनुसार बनबासमा रहदा लक्ष्मण रेखा पार गरेकै कारणले लंकाका राजा रावणले हरण गरी लंका लगेको कथा रामायणमा पढन पाईन्छ । लक्ष्मण रेखा पार गरेकै कारणले महारानी सीता अपहरण मात्र परिनन् बभैवशाली राज्य र सर्वशक्तिमान रावण को बशं समेत बिनाश भयो । यो कथाले एउटा तथ्यलाई देखाउछ घरको ढोकाको संघार पार गर्न बाँध्य हुँदा बिनास निम्तिन सक्दछ । हरण गरिदा हरण हुनेले केहि कष्ट त पाउछनै तर अन्तमा हरण गर्ने कै अन्त्य पनि हुन्छ । नेपालको सन्दर्भमा जात को सवाल बहुआयामिक छ । त्यसैले पनि अवको बाटो ठयाकै यहि र यत्ति नै हो भन्न कठिन छ । जातकै कारणले गरिब भएका र गरिबी कै कारणले सबै खाले उत्पीडन सहन बाँध्य बनाईएको समुदाय अधिकारका लागि सक्रिय हदै गएको तथ्य प्रष्ट छ । तर यत्ति नै काफि छैन । अतः समग्रता का लागी निम्न कार्य महत्वपुर्ण हुन सक्दछ ।

एकता : हालसम्मको संरचना र सामाजिक बनावट फुटाउ र शासन गरमा आधारित छ र सत्ता र शक्तिमा बस्ने हरुले प्रारम्भ देखिनै यसैबाट फाईदा उठाउदै आएका छन् । शुरुवाती दिनमा धर्म र जात का आधारमा फुट पैदा गरिएको थियो भने परिवर्तित सन्दर्भमा भुगोल,भाषा,दल लगायतका कारणले फुट पैदा गरिरहने क्रम जारि छ । यहि फुटकै साहारमा सत्ता र शक्ति निरन्तर रुपमा प्रयोग गर्दै आइरहेको अवस्थामा बिना भेदभाव,बिना स्वार्थ र लोभ बिना दलित एकता आवश्यक देखिन्छ । यो एकताले मात्र निति निर्माता हरुको ध्यान जाने छ । दलित एकतामा फुट ल्याउने पक्षको पहिचान गरि सर्तक रही अगाढी बढन आवश्यक छ ।

सुचना सहित को हस्तक्षेप : आफनो् समुदाय बिरुद्ध बलियो आवाज बनाउनका लागी बिषयबस्तुको सुचना आवश्यक छ । संबिधान,प्रचलित कानुन र राज्यका निति का ’boutमा जानकारी लिन आवश्यक छ । युग सुहाउदो सञ्चार श्रोत प्रयोग गर्न समेत आवश्यक छ । आफना सवालहरुलाई प्रष्ट रुपमा उठान गरी सबै क्षेत्र र तप्कामा तथ्यका आधारमा हस्तक्षेप आवश्यक छ । दलित समुदायको बर्तमान अवस्थाबाट पार पाउन राजनैतिक हस्तक्षेप आवश्यक छ । सचेत संगठन का माध्यमबाट दबाब श्रृजना गर्न सके राजनीतिमा प्रत्यक्ष हस्तक्षेप हुने कुरा निश्चित छ ।

सामाजिक र दैनीक जिवन का सवाल उठान : दलित समुदाय जातिय हिसाबले मात्र होईन आर्थिक हिसाबले समेत समस्यामा रहेका छन् । सिंगो समुदाय गरिबी,भोकमरी,अशिक्षा लगायतका समस्याबाट पिडित रहेको छ । पहुँचका अभावका कारण सेवा प्रदायक संस्था हरुमा समेत उनिहरुको सुनवाई हुदैन । उनीहरु चर्को ब्याज, बिस्थापन, ज्याला बिनाको काम जस्ता अनेकौं समस्याबाट पिडित छन् । समुदायको बिश्वास बिना परिवर्तनको आकाक्षा पुरा नहुने हुनाले दैनिक कठिनाईमा समेत साथ र सामान्य दैनिक जीवनका सवालहरुलाई समेत अभियानमा उठान आवश्यक छ । आज पनि बिना ज्याला, चर्को ब्याज,छुवाछुत,अपमान,बिस्थापन,भोकमरी,गरिबी,कुटपिट,सार्वजनिक स्थलमा प्रबेश र हरवा चरवा को रुपमा बाध्यकारी श्रमिक जस्ता समस्याबाट पिडित रहेको अवस्था छ ।

अभियान को निरन्तरता र गन्तब्य पहिचान सहतिको नेतृत्व विकास : बिश्वास आर्जनका लागी अभियानले निरन्तरता र बिस्तार खोज्दछ । त्यसैले दलित अगुवाहरुले आफुलाई समुदायको नजरमा खरो देखाउन आवश्यक छ । गन्तब्य बिनाको यात्राले कतै नपुञ्उने तर्फ सचेत भै गन्तब्य तय गर्न जरुरी छ । आजको गन्तब्य भनेकै समानुपातीक सहभागिता, शसक्तिकरण र अनुभुती सहित को न्याय हो । यस तर्फ नेतृत्वले अबिचलित संर्घष जारी राख्न आवश्यक देखिन्छ । संगै सवालमा मित्र शक्ति पहिचान समेत आवश्यक छ । शक्ति समबन्ध बिश्लेषण गरी अभिमत को दायरा बिस्तार गर्न समेत आवश्यक छ ।

अन्त्यमा : हालै घटिरहेका घटनाहरु कानुनी मात्र होइनन् । यि घटनाका पछाडी बर्षो देखिको उत्पीडन,राज्यको चरित्र,शक्ति सम्बन्धमा आएको परिवर्तन,श्रोत साधनको एकलौटी उपभोग र पिडितहरुमा आएको चेतना समेत हो । अतः जिम्मेवार हरुले जिम्मेवारीपुर्ण तरिकाले समुदायको चाहना सम्बोधन गर्ने गरी दु्रत तरिकाले कार्य प्रारम्भ नगरे अब संघारमा सिमित रहेन देखिदैन दलित अधिकार प्राप्ती अभियान । अहिले प्रदेश २ का दलित समुदायहरु आफना बिरुद्धका अन्ययका बिरुद्ध संगठित रुपमा प्रयत्न प्रारम्भ गरेको आभाष हुन थालेको छ । दैनिक जसो दलित बिरुद्ध हुने अत्याचारले सिमा नाघ्दै गएको छ । दैनिक जसो दलित बिरुद्ध हुने कुटपिट, बेइज्जती,अपहरण, बलत्कार र हत्याका घटना र त्यस प्रतिका अन्य क्षेत्रबाट गरिने ब्याबहारले दलित समुदायको धैर्यता को बाँध टुटनै थालेको छ । दलित समुदाय र अगुवाहरुले जातिय उत्पीडनका बिरुद्ध लक्ष्मण रेखा पार गर्न का लागि खुटटा् उचालेको अवस्था महशुस भैरहेको छ । कोरोनाको उच्च जोखिमलाई समेत परबाहा नगरी दैनिक जसो सबैको ध्यान आर्कषण गर्न बिबिध गतिबिधि गरिरहेका छन । उनिहरुको यो प्रयास ले कसलाई लकां र रावण बनाउने हो बुझन आवश्यक छ । मधेशमा भएका केहि प्रतिनिधीमुलक घटना यस्ता छन :

धनुषा गणेशमान चारनाथ नगरपालिका वार्ड ८ की १४ बर्षीया बालिका दुई गैरदलित युवाहरुबाट भाद्र १५ गते चारनाथ खोला नजिकै बाख्रा चराउन गएको बेला बलात्कृत भईन् । उक्त घटना दबाउने प्रयत्न भएको भन्ने पिडितकी आमाको दाबी रहेको तथ्य बाहिर आएको छ । त्यस्तै धनुषाकै विदेह नगारपालिका वार्ड न.३ मा सामान्य कुराकानीकै क्रममा रामभगत दास सहित का ४ जनालाई घर भित्रै प्रबेश गरी कुटपिट गरीएको छ । त्यस्तै प्रहरी हिरासत मा बिजय रामको प्रहरीकै कुटाइबाट हत्या भएको छ । मुसहर समुदायमाथी अर्थिक र श्रम शोषण बिरुद्ध शिबजी यादब बिरुद्ध जाहेरी दर्ता । सप्तरीका त्रिभुवन रामको हत्या । धनौजीमा दलित बालिका बलत्कार । आदी यि सबै घटना प्रतिनिधीमुलक र बाहीर आएका घटना हुन । ( श्रोत ः बिभिन्न सञ्चार माध्यम ) यी र यस्ता बाहिर नआएका सयौं घटना लुकेर बसेका हुन सक्छन । यि र यस्ता अमानबिय कार्यका बिरुद्धमा दलित सर्घष समिती निर्माण गरि सर्घषका कार्यक्रम सञ्चालन भएको अवस्था छ । यो दलित अधिकार स्थापित गर्न र कानुन बमोजिम अपराधीले सजाय पाउने बिषयमा कोसे ढुगां साबित हुन सक्छ । दलित पिडित भैरहदा गरिब दलितका नाममा संस्था चलाउने,राजनिती गर्ने , दलित अधिकारकर्मी र राजधानीका दलित अगुवाहरुको ध्यान नगएको दाबी प्रदेश २ का अगुवाहरुले गरिरहेका छन । साच्चै दाबी गरे बमोजिम सत्य हो भने सोच्ने समय आएको छ ।

के को संकेत मान्ने ? बर्षो देखि जातिय संस्करणका कारणले बञ्चितीकरणमा राखिएका यो समुदायको समय सापेक्ष चेतनाको स्तर बढदो छ । यो सकारात्मक सन्देश हो । बिभिन्न कर्मकाण्डी निति,सिद्धान्त निर्माण गरी दलित समुदायको श्रम,शिप र क्षमता शोषणको एकल साम्राज्य निर्माण गरि फाईदा लिन पल्केकाहरु आज पनि जातिय संस्तरण कायमै गरी मोज मस्ती गर्न लालयित प्रयास गर्न असफल कोसिस गरिरहेका छन् । बर्तमान संबिधान र प्रचलित कानुनले समेत निषेध गरेको यो प्रणालीलाई कायम राख्न खोज्नु भनेको यथाअवस्थामा रमाउन दिवा स्पन देख्नु मात्र मात्र हो । समय,प्रबिधी,कानुन र समुदायको चेतनामा आएको परिर्वतनले अव समाज यथाअवस्थामा रहन सक्दैन भन्ने प्रष्ट संकेत हो । अतः पिडितहरुको आवाज बिरुद्ध ब्याबहार गर्ने हरु चाहे दल,सकार,सामन्त होस् बढारिने निश्चत छ । अतः बिधि सम्मत ढगंले समयमै समुदायको आवाज,समस्या र माग को सम्बोधन गर्न आवश्यक छ । दलित समुदाय बिरुद्ध हुने कुनै पनि अत्याचार का बिरुद्धमा दलित समुदायहरु संगठित रुपमा संघार नाघ्न तयार रहदा शक्ति संरचनामा परिवर्तन आउने सकेत को रुपमा लिनु पर्दछ ।

प्रदेस २ को समग्र जनसख्या को करिब २५ प्रतिशत हिस्सा ओगटेको श्रमजिबी समुदायले साच्चै संघार नाघे भने कसलाई क्षति हुन्छ सहजै अनुमान गर्न सकिन्न । दलित समुदायले उठाएका मागहरु हालसम्म संबिधान र कानुन सम्मत छन् । बिधि सम्मत हुदै समाधानको प्रयत्न नगरिए यसको परिणाम नकारात्क नआउन सकछ ।

अबको बाटो नेपालको सन्दर्भमा जात को सवाल बहुआयामिक छ । त्यसैले पनि अवको बाटो ठयाकै यहि र यत्ति नै हो भन्न कठिन छ । जातकै कारणले गरिब भएका र गरिबी कै कारणले सबै खाले उत्पीडन सहन बाँध्य बनाईएको समुदाय अधिकारका लागि सक्रिय हदै गएको तथ्य प्रष्ट छ । तर यत्ति नै काफि छैन । अतः समग्रता का लागी निम्न कार्य महत्वपुर्ण हुन सक्दछ ।

एकता हालसम्मको संरचना र सामाजिक बनावट फुटाउ र शासन गरमा आधारित छ र सत्ता र शक्तिमा बस्ने हरुले प्रारम्भ देखिनै यसैबाट फाईदा उठाउदै आएका छन् । शुरुवाती दिनमा धर्म र जात का आधारमा फुट पैदा गरिएको थियो भने परिवर्तित सन्दर्भमा भुगोल,भाषा,दल लगायतका कारणले फुट पैदा गरिरहने क्रम जारि छ । यहि फुटकै साहारमा सत्ता र शक्ति निरन्तर रुपमा प्रयोग गर्दै आइरहेको अवस्थामा बिना भेदभाव,बिना स्वार्थ र लोभ बिना दलित एकता आवश्यक देखिन्छ । यो एकताले मात्र निति निर्माता हरुको ध्यान जाने छ । दलित एकतामा फुट ल्याउने पक्षको पहिचान गरि सर्तक रही अगाढी बढन आवश्यक छ ।

सुचना सहित को हस्तक्षेप आफनो् समुदाय बिरुद्ध बलियो आवाज बनाउनका लागी बिषयबस्तुको सुचना आवश्यक छ । संबिधान,प्रचलित कानुन र राज्यका निति का ’boutमा जानकारी लिन आवश्यक छ । युग सुहाउदो सञ्चार श्रोत प्रयोग गर्न समेत आवश्यक छ । आफना सवालहरुलाई प्रष्ट रुपमा उठान गरी सबै क्षेत्र र तप्कामा तथ्यका आधारमा हस्तक्षेप आवश्यक छ । दलित समुदायको बर्तमान अवस्थाबाट पार पाउन राजनैतिक हस्तक्षेप आवश्यक छ । सचेत संगठन का माध्यमबाट दबाब श्रृजना गर्न सके राजनीतिमा प्रत्यक्ष हस्तक्षेप हुने कुरा निश्चित छ ।

सामाजिक र दैनीक जिवन का सवाल उठान दलित समुदाय जातिय हिसाबले मात्र होईन आर्थिक हिसाबले समेत समस्यामा रहेका छन् । सिंगो समुदाय गरिबी,भोकमरी,अशिक्षा लगायतका समस्याबाट पिडित रहेको छ । पहुँचका अभावका कारण सेवा प्रदायक संस्था हरुमा समेत उनिहरुको सुनवाई हुदैन । उनीहरु चर्को ब्याज, बिस्थापन, ज्याला बिनाको काम जस्ता अनेकौं समस्याबाट पिडित छन् । समुदायको बिश्वास बिना परिवर्तनको आकाक्षा पुरा नहुने हुनाले दैनिक कठिनाईमा समेत साथ र सामान्य दैनिक जीवनका सवालहरुलाई समेत अभियानमा उठान आवश्यक छ । आज पनि बिना ज्याला, चर्को ब्याज,छुवाछुत,अपमान,बिस्थापन,भोकमरी,गरिबी,कुटपिट,सार्वजनिक स्थलमा प्रबेश र हरवा चरवा को रुपमा बाध्यकारी श्रमिक जस्ता समस्याबाट पिडित रहेको अवस्था छ ।

अभियान को निरन्तरता र गन्तब्य पहिचान सहतिको नेतृत्व विकास बिश्वास आर्जनका लागी अभियानले निरन्तरता र बिस्तार खोज्दछ । त्यसैले दलित अगुवाहरुले आफुलाई समुदायको नजरमा खरो देखाउन आवश्यक छ । गन्तब्य बिनाको यात्राले कतै नपुञ्उने तर्फ सचेत भै गन्तब्य तय गर्न जरुरी छ । आजको गन्तब्य भनेकै समानुपातीक सहभागिता, शसक्तिकरण र अनुभुती सहित को न्याय हो । यस तर्फ नेतृत्वले अबिचलित संर्घष जारी राख्न आवश्यक देखिन्छ । संगै सवालमा मित्र शक्ति पहिचान समेत आवश्यक छ । शक्ति समबन्ध बिश्लेषण गरी अभिमत को दायरा बिस्तार गर्न समेत आवश्यक छ ।

अन्त्यमा हालै घटिरहेका घटनाहरु कानुनी मात्र होइनन् । यि घटनाका पछाडी बर्षो देखिको उत्पीडन,राज्यको चरित्र,शक्ति सम्बन्धमा आएको परिवर्तन,श्रोत साधनको एकलौटी उपभोग र पिडितहरुमा आएको चेतना समेत हो । अतः जिम्मेवार हरुले जिम्मेवारीपुर्ण तरिकाले समुदायको चाहना सम्बोधन गर्ने गरी दु्रत तरिकाले कार्य प्रारम्भ नगरे अब संघारमा सिमित रहेन देखिदैन दलित अधिकार प्राप्ती अभियान ।

This article was posted in Rajdhani on 21 September 2020. This is a link to the published article.