विघटन उन्मुख नेपाली समाजको प्रमुख कारण राजनिति

4 minute read

Published:

-Balaram Bhattarai

Picture

१. बिषय प्रबेश : समाज आफैमा एउटा बृहत संगठन हो । जसका आफनै मुल्य,मान्यता र सञ्चालन शैली रहेका छन । यसैले हरेक समाज को दिशा निर्धारण गरको हुन्छ । समाजलाई अग्रगति र ब्यवस्थित गर्नका लागि समाजका सबै सदस्यहरु जिम्मेवार रहको अवस्थामा मात्र समाजले संगठनको रुपमा काम गर्न सक्दछ अन्यथा समाज बिघटन उन्मुख हुन्छ ।

सामाजिक बिघटन यस्तो प्रक्रिया हो जसले समाजका सदस्यहरु बिच पारस्परिक सम्बन्ध छिन्न भिन्न गरिदिन्छ र समाजमा रहेका तत्कालिन नियमहरुको नियन्त्रण प्राय प्रभावशुन्य हुन्छ । अर्थात सामाजिक समबन्धमा दरार पैदा भै समाज बिघटन उन्मुख हुन्छ । सामाजिक बिघटनले मुलुकमा गरिएका र गरिने बिकास,कानुन र ब्यवस्थालाई प्रभावशुन्य बनाउदछ । यसको प्रभाव दिर्घकालिन रुपमा रहने गर्दछ । राज्य सञ्चालनका प्रक्रियाहरु प्राय ठप्प हुन्छन ।

समाज आर्दश ब्याबहारबाट सञ्चालित हुने गर्दछ । यस्तो आर्दश कायम राख्दै उदाहरणको रुपमा स्थापित हुँदै मार्ग दर्शन को रुपमा राजनितिको भुमिका महत्वपुर्ण हुन्छ । राजनिति आर्दश समाज सञ्चालनको प्रमुख आर्दश हो । जो ब्यावहार बाट प्रर्दशन हुनु पर्दछ । जसलाई समाजका सदस्यहरुले ग्रहण गर्न सकुन् । नेपालको बर्तमान अवस्थामा राजनिती सिद्धान्त बिहिन, दिशाबिहिन र आर्दश बिहिन हँुदै गएको छ । जसले नेपाली समाज बिघटनमा प्रमुख भुमिका निर्वाह गरेको छ । आजको दिनमा समाजमा आर्दशको रुपमा प्रस्तुत हुनु पर्ने राजनितिले प्रयोग गर्ने गरेको भाषा, अन्य सदस्यहरुसंग गरिने ब्याबहार, बिगतको अभिब्यक्ति र ब्यक्तिकेन्द्रित अवस्थाले यो बिषयलाई पुष्टि गर्दछ । समाजमा रहेको ब्यक्तिहरुले उनीहरुको बोली ,ब्याबहार,प्रतिबद्धता र हाउभाउ नियालीरहेका हुन्छन । यो आज र भोली सम्मको सिक्ने प्रक्रिया समेत हुन्छ ।

राननैतिक संगठन र यसका अगुवाहरु बृहत सामाजिक संगठन भित्रको एउटा महत्वपुर्ण संगठन हो । यो संगठनमा देखिएको अनुशासनहिनता, तल्लो दर्जाको शब्द चयन, अरु बिचार र संगठन संग गरिने ब्याबहारको समाजमा आफनै महत्व रहेको हुन्छ ।

२.सामाजिक बिघटन को प्रमुख कारण राजनिति : समाजलाई ब्यवस्थित रुपमा अगाडी बढाउनका लागि राजनितिको प्रमुख भुमिका रहेको हुन्छ । सुस्पष्ट बैचारिक दृष्टिकोण निर्माणगरि बिचार सिद्धान्त र निष्ठाको जगमा जनताको साथ र सहयोगको अपेक्षा स्वाभाबिक हुन्छ । यसको अतिरिक्त क्षणीक फाइदाका लागी दृष्टिकोण बिहिन रुपमा ब्यक्ति केन्द्रित भै अगाडी बढदा समाजलाई फाइदा गर्दैन् । नेपालको राजनितिमा आज सर्वथा आर्दश,बिचार र दृष्टिकोण को अभाव पाइन्छ । आज सम्मको राजनितिक दृश्यलाई हेर्दा निम्न राजनैतिक ब्याबहार पाइन्छ ।

  • बिचार दृष्टिकोण र आर्दशको अभाव :
  • ब्यक्ति केन्दित सोच :
  • दुरदृष्टिको अभाव ।
  • चनचाहानामा उदासिन ।
  • नाताबाद,कृपाबाद र भ्रष्टाचार ।

राननितिले अगीकार गरेका उपरोक्त ब्याबहारले समाजले सजिलै अनुगमन र मुल्यांकन गरिरहेको हुन्छ र त्यसबाट सिक्दछ । मुलुक सञ्चालन गर्ने सरकार, राजनैतिक दलहरु र नेतृत्व समाजको आर्दश बन्नुको साटो आज समाज बिभाजन को प्रमुख को कारण बनेका छन् । बोली र ब्याबहारमा एकरुपताको अभाव छ र देश र समाजमा बताईएका कुराहरु केहि बर्ष र महिना भित्रै तालमेल नै नहुने गरि फरक पर्ने पार्ने गरिन्छ । त्यसलाई कुतर्कका आधारमा पुष्टि समेत गर्ने प्रयास गरिन्छ । सामाजिक आर्दश,संबिधान र कानुन समेत को धज्जी उडाउदै आफु अनुकुल ब्याख्या गर्ने प्रयास नियमित जस्तै छ । आधारभुत राजनैतिक नैतिकता समेतको ख्याल नगरि क्षणीक फाइदा को जोडघटाउ र मात्र आफनो र आफन्त को स्थार्थमा मात्र केन्द्रित अवस्था को राजनितिले नेपाली समाज दिनानुदिन बिघटन उन्मुख छ ।

३.सामाजिक बिघटनका कारणहरु: सामाजिक बिघटनका बिबिध कारणहरु हुन सक्दछन । बिघटन को असर समेत तत्कालीन र दिर्घ कालिन हुन सक्दछन । समय सगै असान्र्दभिक मानिएका मुल्य मान्यताहरुमा ब्यवस्थित परिर्वतन आवश्यक समेत हुन्छन । तर, त्यस्ता परिर्वतनले जसका लागि लक्षित गरिएका हुन्छन उसलाई अनुभुति भएको हुनु पर्दछ ।

तिब्र सामाजिक परिवर्तन ।

मुल्य मान्यता उपर बैदेशिक हस्तक्षेप ।

क्षेत्रियता ।

बेरोजगारी र गरिबी ।

संरक्षणयुक्त भ्रष्टाचार ।

जिम्मेवारी बोध र नैतिकता को अभाव । आदी

४. अवको बाटो : सामाजिक बिघटन रोक्नका लागि पहिलो कार्य भनेको समाज बिघटन उन्मुख हुदै गएको छ भन्ने बिषयमा सहमती नै हो । जसका आधारमा भावी योजना निर्माण गर्न सकिन्छ । सामाजिक बिघटनको अवको बाटो गणितय हिसाबले मापन गर्न कठिन छ । सामाजिक बिघटनबाट आउने परिणामका आधारमा बाटो तय गर्न जरुरी छ । सामान्यतया यसबाट सामुहिक जीवनमा ह्रास आउने, समाज र देशमा निर्णयबिहिनताको अवस्था श्रृजना हुने, भ्रष्टाचारमा बढोत्तरी,राज्य संरचनाको क्रियासिलतामा हा्रस,नैतिकतामा ह्रास र पैसा का लागी जे पनि बोल्न,गर्न र लेख्न तयार हुने अवस्था श्रृजना हुन्छ । यस्तो अवस्थाबाट समाज लाई समयमै बचाउन का यसका कारक तत्व पहिचान गरि निम्न कार्य गर्न आवश्यक छ ।

समय अनुसार प्रकृति र संस्कृति संग तालमेल ।

मात्र पुजिबाद केन्द्रित अर्थब्यवस्थामा नियन्तरण ।

सामाजिक आर्दश स्थापित गर्न सकिने ब्याबहार ।

दुरगामी दृष्टिकोण निर्माण र अडान ।

नैतिक जिम्मेवारी बोध ।

आर्दश स्थापना ।

बिचार,ब्याबहार,आचरण र कार्यशैलीमा तालमेल ।

संबिधान,कानुन र दलमा सबै क्षेत्रको स्वामित्वबोध ।

बितरणमा समानता ।

५.निष्र्कण : सामाजिक बिघटन मुलतः सामाजशास्त्रीय बिषय भए पनि राजनिति समेत समाजकै एउटा संगठन हो । सामाजिक बिघटनको असर कुनै निश्चित क्षेत्र र सम्प्रदायमा मात्र सिमित नहुने भएकोले यसबाट राजनितिले समेत उन्मुक्ति पाउन सक्ने अवस्था छैन । समाज परिवर्तत र बिकासका लागी जिम्मेवार राजनितिले समामाजिक बिघटन रोक्न का लागी प्रयत्न आवश्यक छ । यसका लागी राजनिति जिम्मेवार बन्न आवश्यक छ । यधपी यो सबैको जिम्मेवारी हो ।

This article was posted in Rajdhani on 19 April 2021. This is a link to the published article.